पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।
दमक, १७ मंसिर–झापाको दमक-१ मा आज (बुधबार) बिहान इसाई धर्मालम्वीहरुले वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । पूर्वाञ्चल नाजरिन मण्डली–तराई अन्तर्गत युवा समहुले दमक–१ सिनै नाजरिन चर्च (मण्डली) मा आयोजना गरेको रक्तदानमा ५९ पिन्ट रगत संङ्कलन भएको छ । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा, रक्तसंचार विभागको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।












































