११ मङ्सिर २०८१काठमाडौं ।
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।
मंगलबार साँझ सिंहदरवारमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
श्रेष्ठलाई सपथ खुवाउँदै अर्थमन्त्री पौडेलले खुला प्रतिष्पर्धाका आधारमा बोर्डको अध्यक्षलाई चयन गरेको भन्दै पुँजी बजारमा रहेका समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष चयन भएसँगै बोर्डले गतिशिल ढंगले काम गर्ने उनले बताए । सपथपछि श्रेष्ठले पुँजी बजारलाई चलाएमान बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्दै लगानीकर्ताहरूको मनोबल उच्च बनाउन भूमिका खेल्ने बताए ।
श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। मुक्ति प्रतिस्पर्धाका आधारमा उनलाई चार वर्षका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो।
Discussion about this post