१३ मङ्सिर २०८१,
कोलम्बस, ओहायो – भुटानी-नेपाली चर्चेस अफ अमेरिका (BNCA) ले नोभेम्बर २९ र ३०, २०२४ मा ओहायोको कोलम्बसमा अन्तरशहर पुरुष भलिबल लिगको आयोजना गर्दैछ ।
प्रतियोगिताको उद्देश्य युवाहरूलाई शारीरिक रूपमा सक्रिय बनाउनु र दाजुभाइबीचको सम्बन्धलाई थप सुदृढ तथा बलियो पार्ने रहेको बताईएको छ ।
प्रतियोगितामा अमेरिकाभरका २० टोली र क्यानडाबाट एउटा टोली गरी कुल २१ टोलीको सहभागिता रहनेछ। BNCA का अध्यक्ष पास्टर भद्र राईले तयारीहरू भब्य तथा सब्य रूपमा अघि बढिरहेको र कार्यक्रमलाई सफल बनाउन हरसम्भव प्रयास भइरहेको बताएका छन् ।
खेलहरू दुई दिनसम्म चल्नेछन्, जहाँ पहिलो दिन समूह चरणका खेलहरू र दोस्रो दिन नकआउट चरण सम्पन्न हुनेछन्। यो लिगले खेलकुदको माध्यमबाट समुदायलाई नजिक ल्याउनुका साथै भाइचाराको भावना प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
BNCA ले शारीरिक र मानसिक स्वास्थ्यका लागि प्रोत्साहन गर्दै समाजमा एकताको सन्देश प्रवाह गर्न खेलकुदलाई महत्वपूर्ण माध्यमका रूपमा अघि सारिरहेको बताईएको छ ।आयोजकका अनुसार, यो कार्यक्रमले नयाँ पुस्तालाई खेलकुद र नेतृत्व विकासमा प्रेरणा दिने आशा लिईएको बताएको छ ।
प्रतियोगिताको समापनमा विजेता टोलीलाई सम्मान तथा सहभागी टोलीहरूलाई प्रशंसा पत्र प्रदान गरिने आयोजकको भनाई रहेको छ । BNCA ले सम्पूर्ण समुदायलाई कार्यक्रममा सहभागी भई समर्थन गर्न आह्वान समेत गरेको बताईएको छ ।
Discussion about this post