१५ मङ्ग्सिर २०८१ पोखरा । चर्चित समाजसेवी तथा टिकटकर गिभिना मगरलाई शोकमाथि शोक परेको छ । उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु भएको हो ।
याम्दीमा ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
जेब्रा क्रस गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको हो ।
आमाको निधनपछि विक्षिप्त बनेका २६ वर्षीया छोरा (गिभिनाका भाइ) रामकुमार बुढाले आत्महत्या गरेका छ्न ।
आमालाई अस्पताल लगेपछि रामकुमारलाई सम्पर्क गर्दा फोन नउठेको र खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेका पोखरा २५ का वडाध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए ।
दुर्घटना भएपछि सबैलाई सम्हालेर सुत्न पठाएका रहेछन् । अरू गएपछि सुसाइड गरेका रहेछन्,’ उनले भने, ‘एकपछि अर्को घटना भयो । पीडादायी अवस्था बन्यो
गिभिना आर्थिक सहयोग जुटाएर असहाय र बिपन्नलाई सहयोग गर्दै आएकी थिइन् रुकुम घर भएका गिभिनाको परिवार अहिले पोखरा २५ याम्दीमा बस्दै आएका थिए ।
Discussion about this post