१६ असार २०८२ ललितपुर ।
ख्रीष्टियन समुदायबाट पत्रकारिता पेशामा रहेका संचारकर्मीहरुको दुई दिने मिडिया कार्यशाला गोष्टि गोदावरी स्थित हाेटल भ्यू भृकुटीमा आजबाट शुरु भएको छ ।
ख्रीष्टियन जर्नालिष्ट फेलोसिप नेपालको आयोजना र सुन्दर ढोका साथी सेवाको सहकार्यमा ‘परमेश्वरको सौन्दर्य समेट्दै’ भन्ने मूल उद्देश्यसहितको मिडिया कार्यशाला सुरु भएको हाे भने साे कार्यशाला आज १६ र भाेलि १७ गत्ते सम्म चल्ने आयाेजकले जनाएकाे छ।
विभिन्न जिल्लाहरुबाट उपस्थित सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, सेवक, सर्जक तथा मिडिया संस्थाहरूका प्रतिनिधिहरूले सोमवारबाट कार्यशालामा सहभागिता जनाएका छन्।
कार्यशालाको एक विशेष पक्षको रूपमा, अपांगता भएका व्यक्तिहरूको सक्रिय सहभागिता रहनुका साथै, नेपालकै पहिलो अपांगता भएका पास्टरले कार्यक्रममा आफ्ना जीवन अनुभव, सेवाको कथा र विश्वासको यात्रामार्फत सबैलाई गहिरो सन्देश दिनुभयो।
उहाँको प्रस्तुति प्रेरणादायी र भावनात्मक रूपमा प्रभावशाली रह्यो।
साँच्चै भन्ने हाे भने अपाङ्गता भएका मानिसहरु नेपालमा मात्र नभएर बिश्वभर छन् , तथ्यांकले भन्छ नेपालमा ३ देखि ४ लाखकाे हाराहारीमा रहेकाे उनिहरुलाई जीवन जिउनमा धेरै नै कठिनाई छ नै ती मध्येपनि काेटा छुट्याएको भए पनि अध्ययनमा चुनाैति छ।
समाजमा समावेशीता हुनमा अत्यन्तै कठिन छ भने, राेजगारी पाउन पनि झनै कठिन छ। कार्यक्रममा बाेल्दै एक शारीरिक अशक्तता रहेका बक्ताले थपे,
“लाेकसेवामा शिक्षकाे परीक्षा दिँदा लिखितमा पास भयाे अन्तर्वार्तामा फेल पारिदिनछ, लिखित र अन्तर्वार्ता दुबै पास गरेर नियुक्ति पत्र लिएर स्थानिय स्कुलमा गयाे त्यहाँ हाजिर गर्न दिन्न तसर्थ हामी अपांगता भएकाे ब्यक्तिहरुलाई धेरै कुरामा चुनाैति छ।”
हुन पनि नेपालकाे कानुन अनुसार हेर्नेहाे भने पनि अपांगता भएका ब्यक्तिहरुकाे हकअधिकार संबंधी ऐन २०७४ अनुसार अपांगताकाे परिभाषा १० प्रकारले परिभाषित गरेकाे छ र जसलाई ४ भागमा विभाजन गरि उनिहरुलाई राज्यकाे सुविधा उपलब्ध गराउने प्रावधान तय गरेकाे छ।
राज्यले ४ भागमा विभाजन गरेर के साँच्चै अपांगता भएका नागरिकहरुलाई राज्यले न्याय गरेकाे छ त?
यस बिषयमा भने, अपांगताको क्षेत्रमा क्रियाशिल सामाजिक संस्था सुन्दर ढोका साथि सेवाका कार्यकारी निर्देशक विजता अधिकारी भन्नुहुन्छ ” राज्यले नियम बनायाे र सुविधाहरु ताेक्याे तर, सम्बन्धित निकायहरुले ती नियमहरु पालना नगरिदिँदा अपांगता भएका मानिसहरु सेवाबाट बञ्चित छन् ।”
“सानाे उदाहरण हेर्नुस न, सार्वजनिक बसमा अपांगता सिट राखिएकाे त हुन्छ तर, एउटा दृष्यविहिन मानिसले बस राेक्न हात दियाे भने छुट दिनु पर्छ भनेर बस नराेकि हुँइक्याईन्छ, अनि ती दृष्यविहिन ब्यक्तिले त्याे बसकाे नम्बर कसरी जान्दछ र उसले नियामक निकायमा गुनासाे राख्छ? ” अधिकारी थप्नुहुन्छ्।
यस्तै, अपांगतामा रहेर पनि साे कार्यक्रमकाे सहजकर्ता समेतकाे भुमिकामा रहुनुभएकाे रजुना सिंह र जोएल श्रेष्ठले “साँचो सौन्दर्य आत्मिक हुन्छ —
जुन प्रत्येक मानिसमा देखा पर्छ, विशेष गरेर सीमितता, पीडा र संघर्षको बीचमा चम्किने विश्वासमा” भन्ने उदाहरणसहित जीवनका संघर्ष सहित राष्ट्रिय अन्तरराष्ट्रिय सम्मानका बारेमा चर्चा गर्नूभयो ।
हाे , हुन पनि संविधानमा उल्लेखित १० प्रकारका अपांगता भएका नागरिकहरुलाई राज्यले ४ भागमा बिभाजन गर्याे तर, बर्गका आधारमा वर्गीकृत अपांगता भएका मानिसकाे अधिकार प्राप्ति सजिलाे भने अझै भएकाे छैन र कुनै पनि शिर्षकमा ताेकिएकाे सुविधा उनिहरुले पाएका छैनन्।
स्मरण रहोस :-सम्बन्धित निकायको ध्यान केन्द्रीत होस ।
Discussion about this post