६ असोज २०८२ झापा
वीर बहादुर तामाङ,
कमल गाउँपालिका–३ केर्खा बजारस्थित प्रहरी चौकी, जसलाई जेन–जि आन्दोलनको क्रममा तोडफोड गरी ध्वस्त पारिएको थियो, कमल ईसाई समाजले पुनःनिर्माण सम्पन्न गरेको छ।
करिब ५० हजार रुपैयाँ लागतमा गरिएको पुनःनिर्माणमा झ्याल–ढोका मर्मत, सिसा फेर्ने, रंगरोगन लगायतका काम भएको हो।
भवन पुनःनिर्माणमा समाजका कोषाध्यक्ष एल्डर धिरज राईलाई जिम्मेवारी दिइएको थियो भने प्रेम सिसा तथा अल्मुनियम पसलका सञ्चालक भोजकुमार बुढाथोकीले श्रमदान गरेका थिए। साथै कमल ईसाई युवाहरूले रंगरोगनमा श्रमदान गरेका थिए।
असोज ६ गते आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा वडा अध्यक्ष अग्नि प्रसाद कोइराला, समाजसेवी सलिना राई, प्रहरी हवल्दार कमल ठाकुर, सञ्चारकर्मी तथा अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले ईसाई समाजको सामाजिक दायित्वप्रति प्रशंसा गर्दै निरन्तर सामाजिक योगदान दिन आग्रह गरेका थिए।
Discussion about this post