मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

पुर्वी पहाडी भु-भागमा अवस्थित सुन्दर जिल्ला तेर्हथुम ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ असार २४, मंगलवार १२:०१
in कोशी प्रदेश, धर्म संस्कृति, पत्रपत्रिका, पर्यटन, प्रदेश समाचार, समाचार, समाज, सूचना प्रबिधि
0
पुर्वी पहाडी भु-भागमा अवस्थित सुन्दर जिल्ला तेर्हथुम ।
165
SHARES
517
VIEWS
Spread the love

२४ असार,२०८२ तेर्हथुम ।

(विनोद भट्टराई) – तेह्रथुम जिल्ला नेपालको पूर्वी पहाडी भू–भागमा अवस्थित सुन्दर जिल्ला हो ।

यही जिल्लाको छथर गाउँपालिको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल मार्गा पोखरी प्राकृतिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा स्थापित भएको छ ।

हरियाली वनजंगलले घेरिएको, सधैं सफा र स्थिर जलस्रोत बोकेको, धार्मिक आस्थाले परिपूर्ण र पर्यटकीय रुपमा प्रचुर सम्भावना भएको यो पोखरी अहिले प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

मार्गा पोखरी छथर गाउँपालिका वडा नं. १ मा पर्छ । आङ्दिमको शिरमा रहेको यो पोखरी कोशि राजमार्ग हुदै गाडीबाट धनकुटाको सिधुवा बजार देखी सिधुवा–सुक्रबारे सडकखण्ड हुदै चारमाने चोक आइपुग्न सकिन्छ, त्यस्तै छथर गाउँपालिकाको मुख्य केन्द्र शुक्रबारे बजारबाट शुक्रबारे, सिधुवा सडकखण्ड हुदै चारमाने चोक सम्म शवारी यात्राबाट पुगेपछी करिब ३० मिनेट पैदल हिँडेर वा मोटरसाइकलबाट घुमाउरो कच्ची बाटो हुँदै पोखरीसम्म पुग्न सकिन्छ।

पोखरी वरपरको क्षेत्र हरियाली जंगलले ढाकिएको छ जसले गर्दा वातावरण शान्त, स्वच्छ र शीतल महसुस हुनेगर्दछ । पोखरीसम्म पुग्ने यात्रामा पहाडको रमणीय दृश्य, चराचुरुङ्गीको चिरबिर आवाज र चिसो बतासले यात्रालाई अझ सुखद र अविस्मरणिय बनाउँदछ ।

मार्गा पोखरीको प्राकृतिक विशेषता
मार्गा पोखरीको सबैभन्दा उल्लेखनीय पक्ष भनेको यसको पानी कहिल्यै सुक्दैन । वर्षा होस् वा खडेरी, पोखरीमा पानीको सतह स्थिर र शान्त हुन्छ ।

पोखरीको पानी क्रिस्टल–जस्तो सफा हुन्छ र सतहबाट तलसम्म देखिन्छ । स्थानीय जनविश्वास अनुसार, यस पोखरीमा झरेका पातहरू एक विशेष किसिमका चराले सफा गर्छन् भन्ने किंवदन्ती छ ।

यो पोखरीको आकृति गोलाकार जस्तो छ र वरिपरि सानो सानो झाडी तथा रुखहरू छन् ।

चारैतिरबाट हरियालीले घेरेको यो पोखरी गर्मी समयमा समेत शीतलता प्रदान गर्ने स्थानको रुपमा चिनिन्छ । यहाँ आउने जो कोहीलाई शारीरिक थकान हट्नुका साथै मानसिक शान्ति मिल्ने गर्छ ।

धार्मिक र सांस्कृतिक महत्व
मार्गा पोखरी केवल प्राकृतिक सम्पदा मात्र होइन, यो स्थानले धार्मिक आस्था र परम्परासँग पनि गहिरो सम्बन्ध राख्दछ । यो पोखरी भगवती देवीको बासस्थानको रुपमा मानिन्छ।

जनैपूर्णिमाको पावन अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्छ । टाढाटाढाबाट भक्तजनहरू यहाँ पूजाआजा गर्न, व्रत बस्न, भाकल गर्न तथा स्नान गर्न आउँछन् ।

यो क्षेत्रमा शेर्पा समुदायको बाक्लो बस्तिभएकाले पोखरीको नजिकै पुर्वकै पहिलो मालिङ गुम्मा समेत रहेको छ । शेर्पा समुदायको खानपान संस्कार संस्कृति रितिरिवाज समेत यस क्षेत्रमा हेर्न पाइने गरेको छ ।

स्थानीय जनविश्वास अनुसार, यस पोखरीमा स्नान गरेमा पापमोचन हुन्छ र सच्चा मनले मागेको वरदान अवश्य पूरा हुन्छ ।

यसैले धेरै धामी झाँक्रीहरू, साधकहरू तथा साधारण भक्तजनले पनि यहाँ आएर तपस्या, ध्यान र पूजा गर्ने परम्परा रहेको छ ।

संरक्षण र प्रवद्र्धनको अवस्था
पछिल्लो समय गाउँपालिकाको पहलमा पोखरीमा केही पूर्वाधार विकासका कामहरू भएका छन्।

पदमार्ग निर्माण, विश्रामस्थल, शौचालय तथा खानेपानीको सुविधा केही हदसम्म उपलब्ध गराइएको छ।

पोखरी वरिपरि फोहोर नफाल्नका लागि सचेतना पनि फैलाइएको छ । तर यथेष्ठ संरक्षण तथा दिगो व्यवस्थापनको खाँचो अझै देखिन्छ ।पछिल्लो समय पोखरीको पानी अलिकति घटेको भन्ने स्थानीयको भनाइ छ ।यसले गर्दा पर्यावरणीय सन्तुलनमा असर पर्ने सम्भावना छ ।

पोखरी वरपरका झाडी हटाउने, थप वृक्षारोपण गर्ने, आगन्तुकका लागि व्याख्या केन्द्र बनाउने, धार्मिक मेलाको व्यवस्थापन व्यवस्थित बनाउने जस्ता कार्यहरू तत्काल गर्न आवश्यक छ ।

पर्यटकीय सम्भावना
यो पोखरी केवल धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण सम्भावना बोकेको स्थल हो।

पोखरीको वातावरण अत्यन्त रमणीय छ, जसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ । पहाडबाट देखिने रमाइला दृश्य, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र ऐतिहासिकता मिसिएको यो पर्यटकका लागी स्थान एक आदर्श गन्तव्य बन्नसक्छ ।

प्रदेश नं. १ (हालको कोशी प्रदेश) सरकार र स्थानीय तहले यसलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने दीर्घकालीन योजना ल्याउन सके, यहाँ होमस्टे सञ्चालन, गाइड तालिम, स्थानीय उत्पादनको प्रवद्र्धन, धार्मिक पर्यटनको विकास लगायत विविध कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक असर पर्दछ ।मार्गा पोखरी तेह्रथुम जिल्लाको एक अनुपम पर्यटकीय र धार्मिक स्थल हो

यसको संरक्षण र प्रवद्र्धनले छथर गाउँपालिकाको मात्र नभइ सिंगो जिल्लाको पहिचान निर्माणमा योगदान पु¥याउन सक्छ । यहाँका प्रमुख सुधारका क्षेत्रहरूः

-स्थायी संरचना (पैदलमार्ग निमार्ण, धर्मशाला, पार्किङ निमार्ण )
-विज्ञापन तथा प्रचारप्रसारको अभाव अन्त्य हुनुपर्दछ ।

-स्थानीय गाइड तथा होमस्टे व्यवस्थापनको तालिम स्थानियलाइ प्रदान गर्नुपर्ने देखिन्छ ।
-पर्यावरणीय संरक्षणका लागि बृक्षारोपण, फोहर व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

-वार्षिक मेलालाई व्यवस्थित ढंगले आयोजना गर्ने र गराउने कार्यलाई प्राथमिकता प्रदान गर्नुपर्ने देखिन्छ ।

मार्गा पोखरी केवल पोखरी मात्र होइन, यो प्राकृतिक वरदान, धार्मिक आस्था र पर्यटन सम्भावनाको त्रिवेणी हो ।

यसलाई संरक्षित गर्दै विकास गर्ने हो भने छथर गाउँपालिकाको मुख्य आम्दानिको श्रोत बन्नेमा दुइमत छैन साथै तेह्रथुमको समग्र पहिचान नै पर्यटकिय स्थलको मुख्य केन्द्रको रुपमा प्रस्तुत गर्न सकिन्छ । आजको आवश्यकता हो—स्थानीय, प्रदेश र संघीय तहको समन्वयमा मार्गा पोखरीको सुनियोजित संरक्षण र विकास ।


Spread the love
Previous Post

दमकमा अर्गानिक बाटेको मच्छड धुपको उत्पादन शुरु ।

Next Post

१४ औं रोटरी क्लव अफ दमकको पदस्थापना कार्यक्रम सम्पन्न

सम्बन्धित समाचार

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०८२ असार २४, मंगलवार १२:०१
भोलि र पर्सि सार्वजनिक बिदा ।।
जीवनशैली

भोलि र पर्सि सार्वजनिक बिदा ।।

२०८२ असार २४, मंगलवार १२:०१
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०८२ असार २४, मंगलवार १२:०१
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०८२ असार २४, मंगलवार १२:०१
अन्तरिम सरकारका मन्त्रीपरिषद बैठकले  १९ निर्णयहरु सार्वजनिक गर्यो ।
पत्रपत्रिका

अन्तरिम सरकारका मन्त्रीपरिषद बैठकले १९ निर्णयहरु सार्वजनिक गर्यो ।

२०८२ असार २४, मंगलवार १२:०१
पत्रपत्रिका

अन्तरिम सरकार मन्त्री परिषदको बैठक सिंह दरवारमा बस्दै ।

२०८२ असार २४, मंगलवार १२:०१
Next Post
१४ औं रोटरी क्लव अफ दमकको पदस्थापना कार्यक्रम सम्पन्न

१४ औं रोटरी क्लव अफ दमकको पदस्थापना कार्यक्रम सम्पन्न

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!