
पूर्वाञ्चल नाजरिन मण्डली–तराई अन्तर्गत युवा समहुले दमक–१ सिनै नाजरिन चर्च (मण्डली) मा आयोजना गरेको रक्तदानमा ५९ पिन्ट रगत संङ्कलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा, रक्तसंचार विभागको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा १७ जना महिला र ४२ पुरुषसहित ५९ जना रक्तदाताले सहभागिता जनाएका पूर्वाञ्चल नाजरिन युवा संगती नेपालका राष्ट्रिय संयोजक पाष्टर वीरेन राईले जानकारी दिनुभयो ।
पाष्टर राईका अनुसार पूर्वाञ्चल नाजरिन मण्डली तराई अन्तर्गत युवा समुहले तेस्रो पटक रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
पूवाृञ्चल नाजरिन युवा संगती तराईका संयोजक विशाल राईको अध्यक्षतामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथीसमेत रहनुभएका पूर्वाृञ्चल नाजरिन युवा संगती नेपालका राष्ट्रिय संयोजक पाष्टर वीरेन राईले संसार भरका सवै जातिहरु एउटै हुन् र यी सवै जातिहरुमा रातो रगत भएको बताउतुभयो । वहाँले रगत बहुमूल्य भएको र यसको जाति, भूगोल, धर्मको नाममा फरक र विभेद गर्न नपाइने बताउनुभयो ।
रक्तदान कार्यक्रम सञ्चालन हुनुअघि, पाष्टर राईले येशु ख्रीष्ट (परमेश्वर) का दर्शन, प्रार्थना, सेवाकाई र मानव समुदायमा देखाएको प्रेम, विश्वास, समर्पण, उद्धारता र बन्धुत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
त्यस्तै, बाइबल धर्म शास्त्रले अंगालेका, बाइबल धर्म शास्त्रका मूल्य, मान्यता र पृथक विशेषताहरुका बारेमा प्रष्ट पार्नुभएको थियो ।

सो कार्यक्रममा रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभागका प्रमुख सिद्धार्थ दाहालले रक्तदान किन र के का लागि गरिन्छ ? भन्ने विषयमा सहजिकरण गर्नुभएको थियो ।
त्यस्तैं, रक्तदाताहरुले दिएको रगतको महत्व, प्रयोग र अहिलेको आवश्यकक्ताका बारेमा समेत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अग्रज पाष्टरहरुले येशु ख्रीष्टको नाममा प्रार्थनाबाट रगत संङ्कलन गरिएको र प्रार्थनाबाट नै कार्यक्रमको समापन गर्नुभएको थियो । पूर्वाञ्चल नाजरिन युवा संगती तराईका सचिव शुक्रराज राईले सञ्चालन गर्नुभएको रक्तदान कार्यक्रमका अध्यक्षता गर्नुहुने विशाल राईइले धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।












Discussion about this post