इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने १३ जना कारागार चलान ।

164
SHARES
514
VIEWS
Spread the love

कारागार चलान हुनेहरूमा पाँचथर मिक्लाजुङ ५ बस्ने साजन लुहागुन (२१), इलाम चुलाचुली ३ बस्ने नकुल अधिकारी (२२), दमक ७ बस्ने लोमस कटुवाल (२४), दमक ७ बस्ने गौरव भुजेल (२०), पाँचथर मिक्लाजुङ ३ बस्ने सुशिल फियाक, दमक ७ बस्ने शिव मल्लिक (१९), इलाम चुलाचुली २ बस्ने दर्शन लिम्बू (२२), गौरादह ३ घर भई हाल दमक ९ बस्ने सुन्दर गिरी (१९), गौरीगञ्ज ३ बस्ने रमेश पासवान (४६) र सोही ठाउँका सोनु पासवान (१९) रहेका छन्।

यसअघि गत कात्तिक २७ गतेको आदेशले इलाम चुलाचुली ३ बस्ने सुजल राई (१९), दमक ९ बस्ने अरुण रोका (२६) र दमक ९ बस्ने गणेश शर्मा (१९) पनि पुर्पक्षका लागि जेल चलान भइसकेका थिए।

झापामा पक्राउ परेका अन्य व्यक्तिहरूमध्ये ४ जना नाबालकलाई भने अभिभावकको जिम्मा लगाइएको छ, जसमा दमक ३ बस्ने रियाज सिलवाल (१६), दमक ५ बस्ने सायल राई (१६), दमक ७ बस्ने शाखिब शेख (१७) र दमक ३ बस्ने आदित्य लिम्बू (१७) रहेका छन्।

त्यस्तै, दमक ९ बस्ने सन्तबहादुर मोते (३४) र दमक ८ बस्ने उमेश थापा (३६) जनही रु १ लाख ५० हजार धरौटीमा रिहा भएका छन् भने दमक ३ बस्ने केदार बस्नेत (२१) रु ३० हजार धरौटीमा छुटेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरूमा आक्रमण गर्ने ४६ जना पक्राउ परेको जानकारी दिँदै १३ जना जेल चलान, ४ जना अभिभावकको जिम्मा, ३ जना धरौटीमा रिहा, ७ जना हाजिरी जमानीमा छुटेको र बाँकीमाथि अनुसन्धान भइरहेको बताएका छन्।

जेनजी आन्दोलनका क्रममा झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा भएका तोडफोड र आगजनीका घटनामा संलग्न भएको आरोपमा कुल ८९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसमध्ये झापाबाट ४६, मोरङबाट ३९ र सुनसरीबाट ४ जनालाई पक्राउ गरिएको छ। मोरङमा भदौ २४ गते विभिन्न स्थानमा भएको अराजक गतिविधिमा संलग्न ठानिएका ३९ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले दुई चरणमा पक्राउ गरेको जनाएको छ।

प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार पहिलो चरणमा २१, दोस्रो चरणमा १० र इलाका प्रहरी कार्यालय रंगेली क्षेत्रमा तोडफोडमा संलग्न थप ८ जनालाई विशेष अपरेसनमार्फत नियन्त्रणमा लिइएको थियो।

प्रहरीले सामाजिक सञ्जालमा भाइरल भएका भिडियो र फोटोका आधारमा पहिचान गरी पक्राउ प्रक्रिया अगाडि बढाएको जनाएको छ।

त्यसैगरी, सुनसरीमा इटहरी क्षेत्रमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेवेले जानकारी गराए ।


Spread the love

सम्बन्धित समाचार

Next Post

Discussion about this post

error: Content is protected !!