काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहिबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक ८.८३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ ।
अघिल्लो दिन शेयर बजारमा एकाएक ११ अंकको सुधार देखिएको थियो । बैंकहरुको ब्याजदर परिमार्जनले सुधार देखिएको नेप्से आज फेरी सामान्य अंकले घट्न पुगेको छ ।
नेप्सेमा सूचीकृत २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर किनबेच हुँदा आज ६५ करोड ५७ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ ।
Discussion about this post