राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको प्राथमिक सार्वजनिक सेयरको विक्रि सुरु भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको बिक्री नभएको ३७ हजार ६ सय २३ कित्तासहित २३ लाख ६६ हजार २ सय ४० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ।
त्यसबाट ७० हजार ९ सय ८८ कित्ता कर्मचारीहरूका लागि एकलाख १८ हजार ३ सय १२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ।
सर्वसाधारण लगानीकर्ताले बाँकी २१ लाख ७६ हजार ९ सय ४० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सहायक निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
सर्बसाधारण लगानीकर्ताले कम्पनीको सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्ता देखियर अधिकतममा २१ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
आईपीओमा छिटोमा साउन १ गते उक्त अवधिसम्म आवश्यक आवेदन नपरेमा आवेदन दिने म्याद साउन ११ गतेसम्म लम्बिनेछ।
Discussion about this post