विराटनगर। विराटनगर मेनरोडस्थित तीनपैनी चोकको होटल नाङ्लोमा आगलागी भएको छ ।
बिहिवार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको हाे । प्रहरीले दिएको जानकारी अनुसार रेष्टुरेन्टको सम्पूर्ण भाग जेलेर नष्ट भएको छ । रेष्टुरेन्मा लागेको आगो सल्किएर नजिकै रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ ।
आगाे नियन्त्रणमा आएपनि क्षतिको विवरण आइनसकेकाे जिल्ला प्रहरी कार्यालय माेरङका डिएसपी राजन कार्कीले बताए । उनले क्षतिको विवरण संकलन भइरहेको बताए ।
Discussion about this post