नाङ्गै सुतिरहेका रातबाट
सेतो उल्लूलाई कुनै डर थिएन,
किनकि उसलाई वसन्तको प्रकाश संग
निदाएकोछ रात भनिएका थिएन ।
टहटह चाँदनी छ भन्ने भ्रममा
उसले सक्दो वेग मार्यो,
अध्यारोमा केवल प्वाँख खोल्यो
र सानी मायालाग्दी पुतली रानी भएर थर काम्यो ।
थाकेका पुर्णिामाका रातहरुमा
निदाएका उज्यालो नब्यूझि
चुपचाप ओर्लन्दैथियो,
उत्तर दिसाबाट
अनिदो बोकेका पहेँलो चन्द्रमा
र सेतो उल्लूको कालो आखाहरुमा बसेका थियो ।
– सिरेन बान्तावा राई
इको राइटर कवि तथा गीतकार
Discussion about this post