११ श्रावण २०८१दमक ।
‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको लोकप्रिय लोक गीतका गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । बिहीबार ८८ वर्षको उमेरमा गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो ।
वि.सं. १९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशी बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका थिए। उनको झापाको दमक घरबाट अस्पाताल लानेक्रममा बाटोमै निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी लामो समयदेखि मधुमेहको औषधि खाँदै आएका थिए ।
उनले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका थिए । २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशीले जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए ।
उनको ‘रिटिङ रिटिङ…’ बोलको गीत सबैभन्दा चर्चित छ । उनको ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो…’ गीतसमेत जनजनमा लोकप्रीय र चर्चित छ ।
पारिवारिक स्रोतका अनुसार उनको अन्तिम संस्कार सबै आफन्तहरु को उपस्थित भएपछि मात्रै झापाको कन्काई माइमा हुने जानकारी गराएका छ्न ।
Discussion about this post