दमक – झापाको दमकस्थित ईलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख (प्रहरी नायब उपरीक्षक) दिलिप कुमार गिरिले दमकको शान्तिसुरक्षा मजबुत बनाउन कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
दमकमा महिना दिन अघि प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डिएसपि गिरिले दमकको शान्ति सुरक्षा सुदृढ बनाउन आफू प्रतिबद्ध भएको बताए ।
आज कार्यालयमा आयोजना गरिएको सञ्चारकर्मीहरुको परिचयात्मक कार्यक्रममा बोल्दै उनले यसोउसो गर्ने भन्दा पनि यहाँको सुरक्षाको प्रत्याभूति दिलाउन हर प्रहर लाग्ने उल्लेख गरे । प्रहरी जनताको सेवक भएकाले सेवा प्रबाहमा लेनदेन र ढिलासुस्ती हुन नदिने पनि सुनाए ।
दमकमा लागुऔसध र दुर्घटना समस्याका रूपमा रहेको बताउदै त्यसलाई न्यूनिकरण गर्न प्रहरीको एक्लो प्रयासले मात्र सम्भब नभएकाले जनतालेसमेत सहयोग पुर्याउनु पर्ने औल्याए । उनले बैशाख ३० गते हुनगैरहेको स्थानिय निर्वाचनलाई भएरहित, निस्पक्ष रूपमा सम्पन्न गर्न आवस्यक सुरक्षा ब्यबस्था पुर्याउन प्रहरी दत्तचित्त भएको स्पस्ट पारे ।
भोलिदेखि नै दमक आसपासका मतदानस्थलमा सुरक्षाकर्मिहरु पग्ने उनको भनाइ छ । उनका अनुसार त्यसका लागि प्रहरीसङै ५४१ जना म्यादी प्रहरी परिचालित हुने छन् ।
Discussion about this post