झापा । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकार लगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्र लगायतका साधनको पूजा गरिनेछ ।
विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यस वर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै छन ।
आज प्राय सबै जसो विद्यालयहरुमा सरस्वती पुजा गर्ने परम्परागत चलन रहिआएको छ । विद्यार्थीहरुले आज विशेष रुपमा सरस्वतीको पुजा गर्दछन । आजकै दिन बालबालिकालाई अक्षरारम्भ पनि गराइने चलन रहेको छ । आजका दिन अक्षरारम्भ गराउँदा विद्यार्थीमा सधै सरस्वतीको बास रहने विश्वास रहँदै आएको छ ।
सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ । यसपछि सरस्वती कवच पाठ गरिन्छ ।
Discussion about this post