झापा । गायन रियालिटि सो सारेगमप लिटिल च्याम्प नेपालको उपाधी झापाकी कृपा पौडेलले जितेकी छिन् । झापा बिर्तामोडकी १४ बर्षीया कृपाले हिजो सम्पन्न सारेगमप फाइनलमा उपाधी जितेकी हुन् ।
ग्यालेक्सी फोर के टेलिभिजनमा विगत १८ हप्तादेखि प्रसारण भइरहेको सारेगमपको हिजो राति सम्पन्न भएको फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै कृपाले उपाधी जित्न सफल भएकी हुन् । विजेता बनेसँगै उनले ट्रफीसँगै नगद १५ लाख रुपैयाँ प्राप्त गरेकी छन् ।
त्यस्तै प्रतियोगिताको दोस्रो स्थान पनि झापाकै रोशा फुयलले जितिन् । झापा मेचीनगरकी १४ बर्षीया रोशले दोस्रो स्थान प्राप्त गरिन् भने सेकेन्ड रनरअप भारत सिलिगुडीका आदित्य विश्वकर्मा भए ।
रोशाले ट्रफीसहित तीन लाख र आदित्यले दुई लाख रुपैयाँ प्राप्त गरे । कृपा पौडेल, रोशा फुयाँल, आदित्य विश्वकर्मासँगै पर्वतका अरुण सुनार र भक्तपुरकी अभिज्ञा घिमिरे फाइनलमा पुगेका थिए ।
कार्यक्रमका अन्तिम पाँच प्रतिस्पर्धीलाई गीत रेकर्ड तथा म्युजिक भिडियो, नेपालका साथै वल्र्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था मिलाउने आयोजकले जनाएको छ ।














Discussion about this post