म हिड्ने बाटो तिम्रो निगरानीमा थियो
मैले लेख्ने खत मेरै सिरानीमा थियो
म मा त्यो साहस काहा बाट आयो
अचम्म लाग्छ मलाई
त्यो खत तिम्रो साथमा कहाबाट गयो
हावालाई दोष दिउ भने
अदृश्य छन त्यसका महशुसहरू
मेरै कमजोरी निखारदिउला बरू
बिछ्याइएको थियो अभेद जालहरू
यो कुटनैतिक रणनीतिहरू
मेरा लाचार बिबादास्पद अलपत्र सोचाइहरू
म तिम्रो प्राङ्गणमा उभिएर
निहाल्दा तिमीलाई
तिमी सफेद जूनको किरण झै
मूल्यवान थियौ
जून दिन जूनमा दाग छ भन्ने कुराको
खुलासा भयो
मेरा भावनाहरू अलपत्र भयो
म तिम्रो रूपको
नेत्रभोजनमा आस्वस्त थिए
ग्रहण नाङ्गो आखाले
हेर्नू हुदैन भन्ने भयो
मेरा सोचाई अलपत्र भयो















Discussion about this post