कमल – झापाको कमल गाउँपालिका-२, क्याम्पास्थित कमला मदन आश्रीत स्मृति माध्यमिक विद्यालयमा सोमनाथ रेग्मी स्मृति कोष २०७८ को स्थापना गरिएको छ ।
कमल गाउँपालिका वडा नम्वर २ निवासी स्वर्गिय सोमनाथ रेग्मीको स्मृतिमा वहाँका जेठा छोरा तोयानाथ रेग्मी तथा बुहारी जानुका गुरागाईद्वारा विद्यार्थीको शैक्षिक उन्नयनमा मद्दत पु¥याउने उदेश्यले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको अक्षय कोष स्थापना गर्नु भएको हो ।
कोषबाट माध्यमिक विद्यालय तह कक्षा १२ पूरा गर्ने उत्कृष्ठ १ छात्र र १ छात्रा गरी दुई जनालाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने छ ।
१९९७ साल असार १६ गते तेह्रथुममा जन्मनु भएका सोमनाथ रेग्मीको २०७७ साल पौष २९ गते देहावसान भएको थियो । सामान्य परिवारमा जन्मिए पनि शिक्षाप्रतिको लगाव तथा महत्व बुझी आफ्ना छोराछोरीलाई पढाउनुपर्छ भन्ने पिताजीको भावनालाई आत्मसात गर्दै भविश्यसम्म बुबालाई जीवन्त राख्न तथा शैक्षिक क्षेत्रमा बुबाले गर्नु भएको योगदानलाई पुरा गर्न कोषको स्थापना गरेको रेग्मि परिवारले बताए ।
शिक्षाका क्षेत्रमा राज्यले अहिलेसम्म गरेको लगानी पर्याप्त छैन भने समुदयाले पनि शिक्षा क्षेत्रमा रचनात्मक धारणा अझै बनाउन नसकेका कारण कोषको स्थापना गरेको साथै आर्थिक अभावका कारण उच्च शिक्षा लिनबाट बन्चित विद्यार्थीलाई सहयोग पुग्ने कोषका संरक्षक तोयानाथ रेग्मिले बताउनुभयो ।
राज्य तर्फबाटमात्र शैक्षिक सुधार सम्भव नभईराखेको बेला कोषले विद्यालयको शिक्षा क्षेत्रमा सुधार पग्नुुका साथै उत्कृष्ट विद्यार्थीलाई उच्च शिक्षा अध्यायन गर्न ठुलो सहयोग पुग्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
Discussion about this post