काठमाडाैँ- कुनै समय संगीतको माध्यमबाट चेतनाको जागरण फैलाउँदै हिँडेका कवि मञ्जुलले आफ्ना लेखनीमा पूर्वी नेपालको डाँडापाखाका प्रेममय भाकाहरू पनि उतारेका थिए।
यसै क्रममा २०२४ सालको एउटा कविता संग्रहमा प्रकाशित उनको गीतलाई नेपथ्य ब्याण्डले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको छ।
यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका हुन्।
केही महिनाअघि मात्र नयाँ वर्षको दिन दमकमा आयोजित नेपथ्यको कन्सर्टमा यस गीतलाई ब्याण्डले गाएर सुनाएको थियो । त्यस कन्सर्टमा ब्याण्डको तर्फबाट दर्शकहरुलाई त्यो विशेष कोशेली थियो ।
दमकमा आयोजित कन्सर्टमा यो गीत सुनेका दर्शकहरुको उत्साहलाई उतिबेलै भिडियो क्यामराले कैदसमेत गरेको थियो । युट्युबमा आजबाट बग्न सुरु भएको यो गीतको भिडियो त्यसै कन्सर्टका दृश्यहरु हुन् ।
Discussion about this post