दमक – झापाको दमक–५ मा अवस्थित राजेश मोटर्स प्रालिले १२५ सीसीसहित नयाँ मोडलका बजाज कम्पनीको पल्सर मोटरसाइकल बजारमा ल्याएको छ । विश्वकर्मा बाबाको पुजाको अवसर पारेर राजेश मोटर्स प्रालिले प्रति लिटर ६५ किलोमिटर माइलेज क्षमतासहितको नयाँ मोडलका बजाज कम्पनीको पल्सर मोटरसाइकल बजारमा ल्याएको हो ।
सो मोटरसाइकलको आज राजेश मोटर्स प्रालिका सञ्चालक राजेश बुढाथोकी र प्रभु बैंक दमक शाखा प्रमुख रोशन संग्रौलाले सार्वजनिक गर्नुभएको छ । नेपाली बजार र चाडपर्वलाई लक्षित गर्दै आधाको आधामा फाइनान्स सुविधा उपलब्ध गराउने राजेश मोटर्सका सञ्चालक बुढाथोकीले जानकारी दिनुभयो ।
सार्वजनिक समारोहमा मोटरसाइकलको बारेमा जानकारी गराउनुहुदै राजेश मोटर्सका सञ्चालक बुढाथोकीले सो मोटरसाइकलले प्रति लिटर ६५ किलोमिटर माइलेज दिने बताउनुभयो ।
पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ सिरिजकै बढी डिजाइनमा तयार गरिएको हो । १२५ एनएस मा १२० दशमलव ४५ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड, २ भल्व इलेक्टोनिक्स इन्जिनको प्रयोग भएको छ । यसमा ५ स्पीडको गियर बक्स, पछाडी १३० एमएमको ड्रम ब्रेक दिएको उद्घाटन कार्यक्रममा जानकारी दिइएको छ ।
बजाज मोटर्सले हरेक दिन उत्कृष्ट मुल्यांकनका साथ एक्सचेन्ज सुविधा दिने र चाडपर्व लक्षित विभिन्न अफरसहित यात्रालाई तनाबमुक्त बनाउँदै फ्रि सर्भिस समेत चलाउने जनाइएको छ । यही ३ असोजदेखि ७ असोजसम्म फ्रि सर्भिस सेवा दिनेछ भने ग्राहकलाई सर्भिस चार्जमा १०० प्रतिशत छुट, इन्जिन ओएलमा २५ प्रतिशत छुट, स्पेयर पार्टसमा १० प्रतिशत, टायरमा १० प्रतिशत लगायत अफर रहेको सञ्चालक बुढाथोकीले जानकारी दिनुभयो ।
बजाज कम्पनी मोटरसाइकलको आधिकारिक बिक्रेता राजेश मोटर्स प्रालि दमकले दशैंको अवसर पारेर गौरादह बजारमा समेत विक्री केन्द्र स्थापना गर्न लागिएको सञ्चालक बुढाथोकीले सोही अवसरमा जानकारी गराउनुभयो ।
Discussion about this post