२१ माघ २०८१ दमक ।
झापा दमक २ मा रहेको सरस्वती आधारभुत बिधालयले ५९ औं बार्षिक सम्मेलन तथा अभिभावक दिवस भब्यताका साथ विभिन्न कार्यक्रमहरुको आयोजना गरि सम्पन्न गरेको छ ।
बिधालयको आफ्नै प्रागणमा भएको कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक झल्काउने नृत्यहरु प्रस्तुत गरिएको थियो भने साना साना नानीहरुले सुन्दर नृत्यहरु समेत प्रदर्शन गरेका थिए ।
त्यस्तै सन्देश मुलक नाटक प्रदर्शन गरिएको कार्यक्रममा अतिथि बिशिस्ट अतिथी प्रमुख अतिथिहरुले आउने बर्षहरुमा अझ धेरै बिकास गर्न सकोस र आफुहरुले गर्नु पर्ने सबै खाले सहयोग बिधालयलाई गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए ।
कार्यक्रमको अध्यक्षता रमेश गुरागाइले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य माननीय गीता कुमारी अधिकारी रहनु भएको थियो।
कार्यक्रममा बिशिस्ट अतिथि दमक न.पा का मेयर राम कुमार थापा, दमक न.पा उपमेयर रेगिना भट्टराई, दमक न.पा शिक्षा, युवा तथा खेल्कुद शाखा प्रमुख प्रबिण खड्का, दमक न.पा २.नं वडा अध्यक्ष प्रजापति सापकोटा लगायत विभिन्न बिधालयको प्रधानाध्यापक तथा प्रतिनिधि, वडा सदस्यहरु, ।
टोल बिकासका अध्यक्षहरु, बिधालय ब्यबस्थापन समितिका सदस्यहरु, बिधालय ब्यबस्थापन समितिकापुर्व अध्यक्षहरु, शिक्षक अभिभावक संघका संयोजक, पुर्व शिक्षकहरु, कावा. प्रधानाध्यापक, पुर्व बिद्यार्थीहरु साथै स्थानिय बुद्धिजिबिहरुको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post