२२ माघ २०८१ काठमाडौँ :
ताप्लेजुङ जिल्लाको पाथीभरामा केबलकार निर्माण गर्ने विषयमा उत्पन्न विवाद सुल्झाउन दुवै पक्षबिच काठमाडौँ उपत्यकामा वार्ता सुरु भएको छ।
गृह मन्त्रालयको वार्ता टोली र आन्दोलनरत पक्षको वार्ता टोलीबीच समस्या समाधानका विषयमा छलफल भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ।
गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा शनिवार वार्ता टोली गठन भएको थियो। त्यसपछि आन्दोलनरत पक्षले प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली सार्वजनिक गरेको थियो।
दुवैपक्षबीच आज विहान आन्तरिक गृहकार्य गरी अपराह्नबाट वार्ता सुरु गरिएको हो। गृह मन्त्रालयको वार्ता टोलीका संयोजक भट्टराईले अहिले वार्ता चलिरहेको र आआफ्ना भनाई राख्ने काम भइरहेको जानकारी दिए।
पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै त्यहाँ केही दिनदेखि आन्दोलन भइरहेको छ।
नो केवुलकार समूह र प्रहरिहरु बिच आन्दोलनमा झडप भई गोली हान्नेस्थिति समेत उत्पन्न भएपछि अहिले पूर्वका विभिन्न जिल्ला बन्द गर्दै आन्दोलन चलिरहेको छ।
Discussion about this post