काठमाण्डाै – आज बिहीवार शेयर बजार झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२ अङ्कले बढेर दुई हजार ६८ दशमलव ४२ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर सामान्य बढेकोमा जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार बढेसँगै कारोबारमा पनि केही सुधार आएको छ । दुई सय २० वटा कम्पनीका ५१ लाख एक हजार कित्ता शेयर दुई अर्ब पाँच करोड ७९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्र्रोको १० करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज मन्दाकिनी हाइड्रो, अपर सोलु हाइड्रो, अप हेवाखोला हाइड्रो र श्वेतगंगा हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सर्पोट लघुवित्तको शेयर सबैभन्दा धेरै ३ दशमलव २८ प्रतिशतले घटेको छ ।
Discussion about this post