कमल । जेसी नेपाल एरिया ए ट्रेनिङ कमिसन आयोजक र कमलनगर जेसिज होस्ट रहेको ट्रेनिङ कल्चर डेभलप्मेन्ट एन्ड इभेन्ट मेनेज्मेन्ट कोर्स विषयक एक दिवसीय तालिम कार्यक्रम सम्पन्न भएको छ ।
कमल ५, पाडाजुङी स्थित रोडस्टार पार्टी प्यालेसमा शनिबारका दिन सञ्चालित उक्त तालिम कार्यक्रमको सहजीकरण जेसीद्वय दीपेन्द्र निरौला र राजेश खत्रीले गर्नुभएको थियो ।
कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)को प्रमुख आतिथ्य, कमल गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेको विशिष्ट आतिथ्यमा तालिम सम्पन्न भएको थियो। समारोहमा नेपाल शिक्षक महासङ्घ कमल गाउँ समितिका अध्यक्ष हिमप्रसाद दाहाल, नेपाल आदिवासी जनजाति महासङ्घ कमल गाउँ समन्वय समितिका अध्यक्ष बद्री साम्पाङ, प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो, कमल सांस्कृतिक मञ्चका अध्यक्ष कैलाश थापामगर र सचिव विजयकुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष एवम् प्रमुख अतिथि प्रमिला न्यौपाने तिवारी, कमलनगर जेसिज वर्ष २०२२ का डायनामिक अध्यक्ष नारायण बस्नेत लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन कमलनगर जेसिजका महासचिव भीम अधिकारीले गर्नुभएको थियो ।
साथै तालिम समापन समारोह पश्चात् कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष तथा कमल १ का वडाअध्यक्ष केदार कटुवाललको जन्मदिन भव्यतापूर्वक मनाइएको थियो ।
























Discussion about this post