काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ। साताको चौथो दिन आज बुधबार सुनको मूल्य झन्डै एक लाख नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाला सुन तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।














Discussion about this post