१२ जेस्ठ २०८१ दमक ।
माओबादी केन्द्रको यसपटकको कार्यक्रम अन्तरगत एक घर एक बिरुवा भन्ने अभियान दमक नगरबाट शुरु गर्ने भएको छ ।
(माओवादी केन्द्र)ले यसपटक दमक नगरमा लिची र कागतीका एक लाख बिरुवा रोपेर आफ्ना पार्टी संगठन सुदृढीकरण अभियानमा जुटेको बताईएको छ ।
माओबादी केन्द्र जिल्ला संयोजक राजु आचार्यका अनुसार दमकमा नगर भरी रहेका वडाका टोलहरुमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको बताएका हुन
दमक नगर अन्तरगतका सबै वडाहरुका टोलहरुमा रहेका प्रत्येक घरमा पुगेर बिरुवा रोप्न लागिएको हो ।
पार्टिको विशेष लक्ष्य पार्टिका सदस्यहरुलाई उत्पादनसँग
जोड्ने नितिअनुसार पाँच बर्ष भित्र दमक नगरलाई लिची र
कागतीमा आत्मनिर्भर बनाउने अभियान रहेको उनले बताए ।
बिरुवा रोप्नेसँगै जनयुद्धमा प्रत्यक्ष सहभागी भएर पार्टिलाई सहयोग गर्ने दमकका एक हजार दुई सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना-पत्रसमेत सम्मानस्वरूप हस्तान्तरण गरिने माओवादी केन्द्रले जनाएको छ।
Discussion about this post