३१ असार २०८३ काछमडौ ,
जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय सुनाएको छ । केहीदिन अघि अभियुक्तहरुलाई दोषी ठहर भएका अभियुक्तहरुलाई आज सजाय सुनाइएको हो ।
जस अनुसार नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई २ वर्ष कैद र २० हजार जरिवाना निर्धारण गरिएको छ ।
नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना निर्धारण गरेको हो ।
४ वर्ष कैद सजाय र ४० हजार जरिवाना तोकिएकाहरु केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङ्टेवा शेर्पा, टेकनारायण पाण्डे छन् ।
उनीहरुलाई जनही सरकारी लिखत किर्ते कसुरमा १ वर्ष कैद र १० हजार जरिवाना, ठगीमा १ वर्ष कैद र १० हजार जरिवाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना, राज्य विरुद्धको कसुरको दफा ५१(४) अन्तर्गत ६ महिना कैद र ५ हजार जरिवाना तोकिएको छ ।
यस्तै नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेललाई १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ । १५ जनालाई मंगलबार सजाय निर्धारण गरिएको हो ।
भुटानी शरणार्थीको प्रकरणमा सजाय निर्धारण भएको प्रतिवादीलाई विभिन्न कसुरमा कैद र जरिवाना तोकिएकोमा फैसला कार्यान्वयन हुने कैद र जरिवाना भने एकीकृत तर्फको कसुरमा ठहरेको कैद र जरिवाना हो । जुन सबैभन्दा बढी सजायमा दोस्रो धेरै सजायको आधा जोडी निर्धारण गरिन्छ ।















Discussion about this post