२५ भदौ २०८३ दमक ।
झापाको दमकमा आयोजित ‘इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकन–२०२६’ (सिजन–४) को ग्रान्ड फिनाले सम्पन्न भएको छ। किङ्स नेपाल क्रिएसन कम्पनी प्रालिको आयोजनामा दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयमा भएको फिनालेमा सिनियर र जुनियरतर्फका विभिन्न विधाका विजेता घोषणा गरिएको हो।
सिनियर क्याटेगोरीतर्फ प्रिन्सेस विजेता स्नेहा लिम्बू, प्रोभिन्स विजेता रोशनी चौधरी, झापा विजेता इक्ष्या राई तथा प्रिन्स विजेता सोहन सेढाई घोषित भएका छन्।
त्यस्तै, जुनियर क्याटेगोरीतर्फ प्रिन्सेस विजेता नुनिवा चेम्जोङ, प्रोभिन्स विजेता दिप्मा लिम्बू, झापा विजेता रुरिन योङहाङ र दमक विजेता आशिका राई बनेका छन्।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिस्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल निर्णायक रहेका थिए।
प्रतियोगितामा सिनियरतर्फ १३ देखि १८ वर्ष उमेर समूहका १३ जना र जुनियरतर्फ ८ देखि १२ वर्ष उमेर समूहका २० जना गरी ३३ जना प्रतिस्पर्धी ग्रान्ड फिनालेमा सहभागी भएका थिए। प्रतियोगिताका लागि झापाभरिबाट करिब ८० देखि ९० जना विद्यार्थीले अडिसन दिएका थिए।
आयोजक किङ्स नेपाल क्रिएसन कम्पनी प्रालिका संस्थापक तथा सीईओ कृष्ण शाहका अनुसार सहभागी विद्यार्थीको प्रतिभा, व्यक्तित्व, आत्मविश्वास र प्रस्तुति क्षमताका आधारमा विभिन्न विधाका विजेता छनोट गरिएको हो।
विजेता विद्यार्थीहरूलाई आयोजकले बधाई तथा शुभकामना दिँदै प्राप्त उपाधिले उनीहरूको आगामी यात्रा र व्यक्तित्व विकासमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।














Discussion about this post