३१ भदौ २०८३ झापा,
जापानिज इन्सेफ्लाइटिस (जेई) को जोखिम न्यूनीकरणका लागि झापा जिल्लामा सञ्चालन हुन लागेको जेई विरुद्धको खोप अभियानलाई लक्षित गर्दै कमल गाउँपालिका झापामा स्वास्थ्यकर्मी तथा भ्याक्सिनेटरहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
अभियानलाई प्रभावकारी र व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्ने उद्देश्यले स्वास्थ्य शाखाको समन्वयमा आयोजित अभिमुखीकरण कार्यक्रममा खोप सञ्चालनको तयारी, लक्षित जनसंख्या, खोप दिने विधि, खोपको सुरक्षित व्यवस्थापन, अभिलेखीकरण तथा अभियानका क्रममा आइपर्न सक्ने समस्या र त्यसको व्यवस्थापनका विषयमा स्वास्थ्यकर्मीहरूलाई जानकारी गराइएको थियो।














Discussion about this post