दमक – झापाको दमक- ९, क्याम्पसमोड स्थित निम्स नेशनल हस्पिटलले मंगलबारदेखि सिटी स्क्यान सेवा विस्तार गरेको छ ।
हस्पिटलले महाशिवरात्रीको अवसर पारेर बिरामीहरुको सुबिधालार्ई मध्यनजर गर्दै थप सो सेवा शुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । सिटी स्क्यान सेवाको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले उदघाटन गर्नु भएको हो । निम्स नेशनल हस्पिटलका अध्यक्ष उमाकान्त आचार्यको अध्यक्षतामा विशेष कार्यक्रममा उपप्रमुख अधिकारीले अस्पतालहरुले दिने सेवा गुणस्तरीय , विश्वसनियसंगै सरल र सुलभ किसिमको हुुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.नविन कुमार सिंहले अस्पतालले २४ सै घण्टा इमर्जेन्सी सेवासंगै भिडियो एक्सरेको सेवा सञ्चालन गर्ने बताए ।
सो अवसरमा आम्दा अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ड डा. नविन ढकाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सिटी स्क्यान सेवाको अभाव खडकिएको लामो समयपछि चालू एक महिना भित्रै दमकमा दुई वटा अस्पतालले सो सेवा प्रदान गर्न शुरु गरेकोमा खुशी व्यक्त गरे । सोही अवसरमा निम्स अस्पतालका संस्थापक अध्यक्ष बलभद्र कोइरालाले सेवालाई थप विस्तार गर्ने सिलसिलामा छिट्टै एमआरआई सेवा समेत ल्याउन सुझाव दिए । अस्पतालकी उपाध्यक्ष मन्धरा चिमरिया पौडेलले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा सरकारले व्यवस्था गरेको १० प्रतिशत आरक्षित निशुल्क सेवालाई पनि अस्पतालले निरन्तरता दिदैं आएको अस्पतालका मार्केटिङ विभाग प्रमुख गणेश प्रधानले जानकारी दिए ।













Discussion about this post