दमक – नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (अनेमसघं क्रान्तिकारी) को दमक वडा नं. २ को वडा कमिटि गठन सम्पन्न भएको छ ।
सोमबार भएको वडा भेलाले हिमा श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन भएको हो । उक्त कमिटिको उपाध्यक्षमा दुर्गा धिमाल, सचिवमा पार्बता खनाल (गजुरेल), सहसचिवमा सीता बि.क र कोषाध्यक्षमा हिमा कुमारी मगर रहनु भएको छ ।
उक्त कार्यक्रम वडा अध्यक्ष जगत श्रेष्ठको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन बडा सचिव लक्ष्मी नेपालले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि बडा इन्चार्ज रुद्र कार्की रहनु भएको थियो भने अतिथिहरुमा अग्नी गजुरेल, सुस्मा अधिकारी, चन्द्र कुमार राई लगायतको उपस्थिती रहेको थियो ।















Discussion about this post