दमक – झापाको दमकमा आयोजना हुने दमक गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
नगर खेलकुद विकास समिति दमकले आइतबार चैत ९ देखि १८ गतेसम्म आयोजना गर्न लागेको दमक गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
चैत ९ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक दमक–११ र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दमक नगरपालिका ३ दुम्से प्रस्तावित अन्तरास्ट्रिय मदन भण्डारी रंगशालामा आयोजना हुने गोल्डकपमा ‘ए’ डिभिजनका ३, विदेशी ४ सहित १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, फ्रेन्डस् क्लब, वाग्मती क्लब सर्लाही, आयोजक दमक-११, भारतको मानेभञ्ज्याङ फुटबल क्लब, दुर्गापुर स्टील कोलकात्ता, पुलिस क्लब भारत र एमेनियर फुटबल क्लब क्यामरुन सहभागी छन् ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइनेछ ।
यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।













Discussion about this post