बिर्तामोड । प्रेस चौतारी झापाका सहसचिव तिलक योञ्जनले आफ्नो जन्म दिनको अवसरमा आइतबार प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा ५ हजार ५५ रुपैयाँ सहयोग गरेका छन् ।
सुर्योदय टेलिभिजनको सभाहलमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा टेलिभिजनका समाचार संयोजक समेत रहेका योञ्जनले आफू बिरामी परेका बेला कोषको महत्व बुझेर पनि सहयोग गरेको प्रष्ट पारे ।
प्रेस चौतारी झापाका पूर्व अध्यक्ष, उपचार कोषका परिकल्पनाकार तथा कोषका सदस्य गोपाल काफ्लेलाई योञ्जनले उक्त रकम हस्तान्तरण गरेका हुन् । प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीका सदस्यद्वय विष्णु मैनाली उप्रेती र रमेश तिवारी, जिल्ला उपाध्यक्ष प्रदिप परियार, सहसचिव अच्युत सुवेदी, टिभीका अध्यक्ष मनोज उप्रेती लगायतको उपस्थितिमा रकम हस्तान्तरण भएको हो ।
आफ्नो जन्मदिनको अवसर पारेर योञ्जनले नगद सहयोग गर्दै सम्पूर्ण सञ्चारकर्मीलाई प्रेस चौतारी झापाले स्थापना गरेको कोषमा सहयोग उपलब्ध गराउन आव्हान गरेका छन् ।
Discussion about this post