दमक । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ १ न. प्रदेश समन्वय परिषदको प्रथम अधिवेशनले आज नयाँ नेतृत्व चयन गरेको छ ।
विर्तामोडमा भएको आदिवासी जनजाति महिला महासंघको प्रथम अधिवेशनले मात्रृका राईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । महासंघको १ न.प्रदेश समन्वय परिषदको उपाध्यक्षमा आसा कुमारी सरदार,सचिव अनिता राजवंशी ,सहसचिव रेखा भुजेल र कोषध्यक्षमा नुुमा मेचेलाई सर्व सम्मत चयन गरेको महासंघको पूर्व उपाध्यक्ष सनम कोच राजवंशीले जानकारी दिनु भयो ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको केन्द्रिय उपाध्यक्ष लखी गणेशको प्रमुख आतिथ्यमा भएको अधिवेशनले कार्य समिति सदस्यहरु शान्ता तामाङ, चन्द्रा धिमाल, अन्जु उराउँ र प्रभा ताजपुरिया सर्वसम्मत चयन भएको महिला महासंघले जनाएको छ । संस्थाको निर्वतमान अध्यक्ष टिका सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा १ न. प्रदेशको प्रदेश सभासद सञ्जा दनुवारले आदिवासी जनजाति महिलाहरु एक भएर आफनो हक अधिकार मागेर होइन खोसेर लिनु पर्ने बताउनु भयो । अधिकार कसैले पनि घरमा ल्याए नदिने हुदा सम्वन्धि निकायमा गएर खबरदारी गर्नु पर्ने सभासद दनुवारले बताउनु भयो ।
आदिवासी जनजाती महिला मञ्च १ न. प्रदेश अध्यक्ष माया राई, संस्थाको झापा जिल्ला अध्यक्ष माया गुरुङ लगायतले अधिकार पाइएन भनेर विलौना गर्नु भन्दा सबै मिलेर सघर्ष गर्नु पर्नेमा जोड् दिनु भएको थियो । अधिवेशनमा २१ जातीय संस्थाको प्रतिनिधित्व रहेको केन्दीय उपाध्यक्ष लखी गणेशले जानकारी दिनु भयो ।
Discussion about this post