नेस्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँट भएको छ । कम्पनीले फागुन ११ गतेदेखि जारी गरेको आइपिओको आज बाँडफाँट भएको हो ।
आइपिओमा आवेदन दिएका २५ लाख २७ हजार एक सय एक जना आवेदकमध्ये ७७ हजार पाँच सय ५३ जनाले १० कित्ताका दरले आइपिओ पाएका छन् । यस्तै,तीमध्ये तीन जना लगानीकर्ताले चिठ्ठामार्फत थप १ कित्ता अर्थात ११ कित्ताका दरले आइपिओ पाएको कम्पनीले जानकारी दिएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपिओमा २५ लाख २७ हजार १०१ आवेदन परेका थिए, जसमध्ये चार हजार एक सय ४६ आवेदन रद्द भएका थिए ।
Discussion about this post