दमक – झापाको दमकमा आज अन्तर मण्डली मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । दमक नगर इसाई समाजको आयोजनामा दमक नगरभित्रका मण्डलीहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको हो ।
दमक–८ फुटसल खेल मैदानमा सम्पन्न प्रतियोगितामा ज्योति मण्डली दमक-२ भाङबारी बिजेता र न्यू लाइफ एपोस्टोलिक मण्डली दमक-५ उपबिजेता बनेका दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिनुभएको छ । अध्यक्ष पाष्टर राईका अनुसार प्रतियोगितामा ८ वटा मण्डली टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा बिजेता र उपबिजेताले नगद रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । बिजेता र उपबिजेता मण्डली टिमलाई दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राई, पुर्वअध्यक्ष एबम् समाजका सल्लाहकार पाष्टर राजकुमार नाछिरिङ राई, दमक नगर इसाई समाजका उपाध्यक्ष पाष्टर हेमन्त सुब्बा, समाजका सदस्य पाष्टर पदम थुलुङ र पाष्टर तिमोथी जेम्स लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
अन्तर मण्डली मैत्रीपूर्ण फुटसल प्रतियोगिताको समापन समारोहको सञ्चालन जवान युवा समितिका अध्यक्ष सुरज लिम्बूले गर्नुभएको थियो ।















Discussion about this post