काठमाडौं। नेपाली बजारमा मंगलबार सुन तथा दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल तोलामा ३ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो सुन दिन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सयमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १२ सय ३० मा कारोबार भएको महासंघले जनाएको छ।














Discussion about this post