यो ब्रमाण्डमा आदिम काल देखि
बस्ने हामिहरुको लागि
कानुन किन बनाइयो ?
कस्का लागि बनाइयो ?
आफ्नो कान छाम्न छोडी
कागको पछि दगुर्छन …
यहाँ अचम्म लागेर आउँछ ।
कहाँ रचियो षड्यन्त्र ?
बिश्व किन बौलायो ?
सत्य कुराले पच्दैन रहेछ ।
कहाँ छ बहुभासा ,सस्कार ?
किन छुटाइयो जात ?
कहाँ छ पहिचान ?
कहाँ रचियो षड्यन्त्र ?
भनिदेउन सरकार ….
बिश्व किन बौलायो ?
सत्यताको अवस्य बिजय हुनेछ ।
त्यो समयमा धेरै अबेर हुनेछ …
कस्का लागि गरिन्छ भ्रष्टाचार
किन बड्दैछ बलात्कार
किन भैराछ युद्ध ?
दर्बार हत्य कान्ड ,वाइट बडि,सुन कान्ड,
निर्मला पन्थ नवराज बि.क.
आदि केशहरु के भैराछ ?
कहाँ रचियो षड्यन्त्र ?
भनिदेउन सरकार ….
बिश्व किन बौलायो ?
रोगले मर्नेहरुको विवरण
मिडिया,सामाजिक संजाल बाट
हरेक दिन सुन्न र देख्न पाइन्छ ।
भोकले मर्नेको सङ्ख्या कति पुग्यो ?
कहाँ रचियो षड्यन्त्र ?
भनिदेउन सरकार ..
बिश्व किन बौलायो ?















Discussion about this post