काठमाण्डाै – शेयर बजारमा आज साेमवार पनि पहिरो गएको छ । हिजो आइतवार ८८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव २३ अङ्कले घटेर दुई हजार दुई सय ८२ विन्दुमा झरेको छ ।
आज दुई सय ३३ वटा कम्पनीको शेयर कारोबार भएकोमा १३ वटा बाहेक सबैको शेयर ओरालो लागेको छ । आज ९६ लाख ७९ हजार कित्ता शेयर तीन अर्ब ९९ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् ।
आज स्वाभिमान लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । यस्तै दिव्यश्वरी हाइड्रो, नेशनल हाइड्रोपावर, गुडविल फाइनान्स, आँखुखोला जलविद्युत्, तेह्रथुम पावर कम्पनी, मल्टिपर्पोज फाइनान्स र आईसीएफसी फाइनान्सको शेयर नौ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
यसैगरी आज खरिद-बिक्री रकममा १८ करोड रुपैयाँभन्दा बढी रकमसहित नबिल बैंक अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल हाइड्रोपावर र हिमालयन डिस्टिलरी परेका छन्।
Discussion about this post