२६ बैसाख २०८२ दमक ।
झापा दमक नगरपालिका वडा नम्बर-७स्थित रहेको विगतको वर्षमा नयाँ निर्माण भएको ट्याक्सी स्टेण्डमा सरसफाई कार्य सम्पन्न भएको छ ।
बिहान ७:३० बजे शुरु भएको सरसफाई कार्यक्रम स्वरोजगार हलुका सवारी सङ्घ संस्था दमक झापाको आयोजनामा ऐ. संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठ, दमक नगर प्रमुख राम कुमार थापा, ।ओ
- दमक नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टेक बहादुर थापा, ऐ. वडा नम्बर ७ का वडा अध्यक्ष भीम प्रसाद पौडेल, इलाका प्रहरी कार्यालय दमकबाट खटिनु भएको प्रहरी निरीक्षक लंक बहादुर श्रेष्ठ, अन्य प्रहरी कर्मचारीहरू, स्थानिय बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।
करिव ३५/४० जनाको उपस्थितिमा सो ट्याक्सी स्टेण्ड निर्माण भएको पहिलो वार्षिक उत्सवको अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ” ट्याक्सी स्टेण्ड सरसफाई कार्यक्रम” गरिएको हो ।
Discussion about this post