२५ वैशाख २०८२ दमक ।
झापाको दमक-१ सुनौलो टोलमा रहेको आशिष प्रेस्बिटेरियन चर्चमा लागु पदार्थ दुर्व्यसनी सम्बन्धी एकदिने जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
२२ गते सोम्बार भएको एकदिवसीय कार्यक्रम आशिषमण्डली सामुदायिक सेवा नामक संस्थाले आयोजना गरेको हो ।
उक्त कार्यक्रममा दमक नगर इसाई समाज अन्तर्गत चर्चहरु, दमक उत्तरी क्षेत्रमा रहेका विभिन्न चर्च तथा
बेल्डाङ्गि शरणार्थी शिविर तथा दमक आसपासमा रहेका चर्चहरु, कमल गाउँपालिकाका चर्चहरु र दक्षिणी इलामको चुलाचुलीका चर्चका अगुवा पाष्टरहरु, समाजिक ब्यक्तित्वहरु र युवा-युवतीहरुसहित करिव ६५/७० जनाको सहभागिता रहेको थियो ।
उक्त गोष्ठीमा सहभागिहरुबीच दैनिक जसो बढिरहेको अवस्थामा रहेको लागु औषध दुर्व्यसनीलाई कसरी रोकथामा तथा नियन्त्रण गर्न सकिन्छ,
यसबाट हुने मानव जिवनको स्वास्थ्यमा पर्ने असर सामाजिक असर , भावी पुस्तालाई पार्ने नकारात्मक प्रभाव, स्थानीय सरकार, प्रहरी र समुदायसंग गर्ने साझेदारीका सम्बन्धमा छलफल तथा जानकारी गराईएको थियो ।
आशिष प्रेस्बिटेरियन मण्डली दमकका पाष्टर समेत रहनुभएको दमक नगरपालिकास्तरीय लागुऔषध दुर्व्यसन नियन्त्रण सम्बन्धि समितिका सदस्य आकाश थुलुङ राईले दमकमा भइरहेका लागू औषध नियन्त्रण प्रयास र अभियानका बारेमा बोल्नुभएको थियो ।
दमक नगर इसाई समाजको लामो समय अध्यक्षको नेतृत्व सम्हाली सक्नुभएको पाष्टर (आकाश)राई ले दमक नगरक्षेत्रमा लागुऔषध कारोबार गर्नेहरु र प्रयोगकर्ताहरुको प्रमुख अखडा दमक शहर बन्दै गएको चिन्ता प्रती ध्यानाकर्षण गराउनुभएको थियो ।
वहाँले, दमकसहित दमक उत्तर बेल्डाङ्गी आसपासका क्षेत्रहरुमा समेत लागुऔषध प्रयोग गर्नेहरु बढ्दै गएको र यसका कारोबार गर्नेहरुको समुह पनि ठूलै रहेको बताउनुभयो ।
यस्ता किसिमका गतिबिधिहरुले भुषमा बिस्तारै जल्ने आगोले जस्तै चर्चलाई पनि बिस्तारै लागू औषध कारोबारी र प्रयोगकर्ताहरुले असर पुर्याउन थालेको प्रती दु:ख ब्यक्त गरे।
दमक आसपासका क्षेत्रहरुमा रहेका चर्च, टोलहरुमा र दमकसहित छिमेकी गाउँ वा नगरका क्षेत्रहरुमा समेत समेटेर लागुऔषध ओसारपसार तथा दुर्व्यसन
न्यूनिकरण र नियन्त्रण गर्न जनचेतना मुलक सचेतना गोस्ठी हरु अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गरिने पाष्टर थुलुङले जानकारी गराउनुभयो ।
Discussion about this post