- २६ बैसाख २०८२ बिर्तामोड।
झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत घरमै मृत भेटिएका छन् ।
बिर्तामोड नगरपालिका-१ स्थित आफ्नै निवासमा बस्नेत झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
समाजसेवा, व्यवसाय र संस्थागत नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्दै आएका बस्नेत थुप्रै संघ-संस्थामा आवद्ध थिए ।
उनी झापा गोल्डकप आयोजक समितिका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, वीरता जेसिज र रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्षसमेत थिए ।
बस्नेत नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश-१ का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव, ‘एकका लागि एक’ अभियानका सहसंयोजक, समाज झापाका अध्यक्ष, र सयपत्री ट्रेड लिंकलगायत विभिन्न व्यवसायिक प्रतिष्ठानका सञ्चालकसमेत रहेका थिए ।
सामाजिक रूपमा स्थापित र ब्यवसायमा सफल उद्यमिले आत्महत्या गर्न के कुराले प्रेरित गर्यो गहिरो अनुसन्धान हुनुपर्ने स्थानीयले माग गरेका छन ।
५२ वर्षे बस्नेतको मृत्युको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले झापा जनाएको छ ।
Discussion about this post