२४ चैत्र २०८१ काठमडौ ।
जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टी बिच पार्टी एकता हुने भएको छ ।
जनमत र नागरिक उन्मुक्ति पार्टी एकतापछि पार्टी अध्यक्ष डा. सीके राउत हुने गरीको छलफलमा सहमति जुटेको हो ।
बर्दियामा आइतबार भएको दुई पक्षीय वार्ताले राउत कार्यकारी अधिकारसहितको अध्यक्ष हुने टुंगो लागेको हो ।
एकीकृत दलमा दुई अध्यक्ष हुने र सह-अध्यक्ष रञ्जिता श्रेष्ठ हुने गरी सहमति भएको हो ।
पार्टीको वरीयतामा रेशम चौधरी पहिलो स्थानमा रहने छन् । यस्तै पार्टीको वरीयतामा राउत दोस्रो र श्रेष्ठ तेस्रोमा हुनेछिन् ।
जनमतका अध्यक्ष सिके राउत, नाउपाका संरक्षक रेशम चौधरी सहित कार्यदलका ६ जना सदस्यहरुको बीचमा छलफल भएको हो।
वैशाख दोश्रो साता भित्र एकता गर्ने दुई दलको छलफल पछि सहमति नजिक पुगेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी गराए ।
Discussion about this post