२ पौष २०८१ झापा ।
झापाको दमक र शिवसताक्षीमा भएको मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोरङ रतुवामाई-८ बस्ने २७ वर्षीय विराज थापा, सोही मोटरसाइकलमा सवार गौरादह-५ का ३२ वर्षीया जमुना धिमाल, सोही ठाउँकी २५ वर्षीया मनचरी राई भनिने ओमकुमारी राई र मेचीनगर-५ का ४२ वर्षीय सन्तोषकुमार लिम्बूको मृत्यु भएको हो ।
हिजो राति १०:१० बजे दमक १० सेतुमारी चोकनजिक भित्री सडकखण्डमा सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश १- ०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा चालक विराज थापा, धिमाल र राई घाइते भएका थिए ।
मोटरसाइकल चालक मोरङ रतुवामाई-८ का २७ वर्षीय विराज थापाको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा सडक निर्माणका लागि बनाइएको डाइभर्सनमा दुर्घटना लिम्बूको मृत्यु भएको हो ।
हिजो साँझ ७ बजेको समयमा पूर्वपश्चिम राजमार्गमा मे ९ प ६२४ नम्बरको मोटरसाइकल रोकिराखेको को. २ त ४१४५ नम्बरको ट्रयाक्टरको पछाडिको भागमा ठोक्किँदा दुर्घटना भएको थियो ।
मोटरसाइकलको पछाडि बसेकी दमक-५ का ३५ वर्षीया अनिता राईको उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर कालिका कन्स्ट्रक्सनको भएको प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post