२२भदौ२०८१ ईलाम ।
फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।
वर्षा याममा प्रतिकूल मौसमका कारण तीन महिनादेखि उडान हुन नसकेको विमान हरु अब बिहिबारदेखि विमान स्थल संचालनमा आउने भएपछी उडान शुरु हुने भएको
हो ।
सुकिलुम्बा विमानस्थलका स्टेसन इन्चार्ज दिनेश सुन्दासका अनुसार जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो । त्यसपछि उडान हुन सकेको छैन । जेठ १७ गते काठमाडौँबाट आएको जहाज प्रतिकूल मौसमका कारण अवतरण गर्न नसकेर फर्किएको थियो ।
अबदेखि प्रत्येक बिहीवार उडान हुने जनाइएको छ | नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि काठमाडौं-इलाम- काठमाडौँ उडान भर्दै आएको थियो
Discussion about this post