ईलाम ।
झापाको बुट्टावारी स्थित बुट्टाबारी सडक खण्डको
पूर्वपश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनाका
घाइतेमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको छ।
घाइते मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका
वडा नम्बर ७ का दिपाङकर राइका उपचारका क्रममा बीएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
गत भदौ १८ गते साँझ ५ बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ११ गिरीबन्धु टि-इस्टेटस्थित पूर्वपश्चिमराजमार्गमा मुक्तिचोकबाट काँकरभिट्टातर्फ जाँदै गरेको मे १० प ३५४४ नंम्बरको मोटरसाइकल र धुलाबारीबाट मुक्तिचोकतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परि मोटरसाइकल चालक राई र पछाडी सवार मोरङका सुबोद बस्नेत घाइते भई दुवै जनालाई बीएण्डसी हस्पिटल लगिएकोमा राईको मृत्यु भएको हो।
मृतक दिपाङ्कर सुर्योदय नगरपालिका वडा नम्बर ७का वडाध्यक्ष एल वि चाम्लिङ राईको छोरा हुन् हुन भने दिपाङ्कर (स्काई वाक कन्याम) कन्याम क्लाउड प्रालिका कर्मचारी रहेका थिए। अर्का घाइते बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक र ट्रक चालक झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षीय संजय माझीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।
Discussion about this post