२०, भाद्र २०८१, बिर्तामोड
अखिल क्रान्तिकारी झापाको १८ औं जिल्ला सम्मेलनले बिबेक दाहाललाइ जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न गरेको छ ।
भाद्र १९ गते विर्तामोडको सिटि सेन्टरमा आयोजित सम्मेलनले बिबेक दाहालको नेतृत्वमा ५१ सदस्यीय जिल्ला समिति निर्वाचित गरिएको आयोजक समिति सचिव राजन चापागाईंले बताए ।
अखिल क्रान्तिकारी १८ औं जिल्ला सम्मेलन आयोजक कमिटि अध्यक्ष रन्जन धमलाको अध्यक्षता तथा संगठनकी केन्द्रिय अध्यक्ष पन्चा सिंहको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको नवनिर्वाचित कमिटी उपाध्यक्ष पर्वत सुबेदिले जानकारी दिए।
उक्त कार्यक्रममा संगठनका केन्द्रिय महासचिव दिपेस पुन, उपमहासचिव खगेन्द्र सुबेदि, नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ बिजय, केन्दिय सदस्यहरु झलकसिङ दर्लामि सन्देश , धर्मशिला चापागाईं, संगठनका निबर्तमान केन्द्रिय अध्यक्ष रन्जित तामाङ, माओवादी केन्द्रका प्रदेश कमिटीका सदस्यहरु दुर्गा चम्लागाइ श्रीकान्त, कर्म पुलामि, बिरेन्द्र बस्नेत, हरि राना, प्रसान्त भण्डारी, झापा जिल्ला संयोजक राजु आचार्य अग्नि शिबसताशि अध्यक्ष महेन्द्र भट्टराई दमक नगर अध्यक्ष रवि बस्नेत लगायतको बिशेष उपस्तिथि रहेको निर्वाचित जिल्ला सचीव गगन चापागाईंले बताए ।
सम्मेलनको अवसरमा तत्कालीन झापा जिल्ला अध्यक्ष रमेश सुबेदि र उपाध्यक्ष विष्णु प्रधानको नाममा रबि स्मृति छात्रवृत्ति अक्षयकोष को उदघाटन गरिएको साथै विभिन्न सम्मेलन बाट निर्वाचन झापा जिल्लाका पुर्व अध्यक्षहरुलाइ सम्मान गरेको जिल्ला सहसचिव बिरेन्द्र बस्नेतले बताए ।
त्यस्तै गरि जिल्ला भरिका क्याम्पसमा भएका इकाइ कमिटि मध्ये बाट दमक बहुमुखी क्याम्पस इकाइ कमिटिलाइ उत्कृष्ट इकाइ कमिटी घोसणा गरि सम्मान गरिएको थियो ।
नवनिर्वाचित कमिटीको उपाध्यक्षमा शेखर भट्टराई, पर्वत सुबेदि, गङा बहादुर बस्नेत, एकिका थापा, सुसन लम्साल, नविन पौडेल र सुजन दाहाल रहेका छन भने सचीवमा गगन चापागाईं, सहसचिव बिरेन्द्र बस्नेत, जिवन भुजेल, भिष्महाङ सम्बाहाम्फे, जनकि भट्टराई चयन भएका छन भने कोषाध्यक्ष सिसम्पा गुरुङ लगायत ५१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको निर्वाचित सहसचिव भिष्महाङ साम्बाहाम्फेले जानकारी दिए ।
उक्त कार्यक्रमको सन्चालन आयोजक कमिटी सचीव राजन चापागाईं गरेका थिए भने स्वागत उपाध्यक्ष लक्ष्मी नेपाले गरेका थिए ।
निर्वाचित कमिटीलाइ निर्वाचन समिति सम्योजक महेन्द्र भट्टराईले पद तथा गोपनियताको सफत ग्रहण गराएका थिए ।
जिल्ला सम्मेलन सम्पन्न भए सङै यहि भाद्र २४ र २५ गते प्रदेश सम्मेलन तथा असोज २-५ केन्द्रिय महाधिवेशन हुने निबर्तमान जिल्ला उपाध्यक्ष नबिन सिटौलाले बताए ।
उक्त सम्मेलनले झापा जिल्ला इन्चार्जमा प्रज्ज्वल कडरिया र सह इन्चार्जमा नविन सिटौला र राजन चापागाईंलाइ चयन गरेको जिल्ला कोषाध्यक्ष सिसम्पा गुरुङले बताइन् ।
Discussion about this post