१८भाद्र २०८१, बिर्तामोड
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी को यहि मिति २०८१ भाद्र १९ गते हुन गइ रहेको १८ औं जिल्ला सम्मेलनको तयारि पुरा भएको छ । विर्तामोडको सिटि सेन्टरमा हुन गइरहेको सो सम्मेलनले आगामि झापा जिल्लाको नयाँ नेतृत्व चयन गर्ने जिल्ला सचीव राजन चापागाईंले बताए ।
जिल्ला भरिका विभिन्न पालिका तथा क्याम्पसबाट उक्त सम्मेलनमा प्रतिनिधिहरु आउने र उक्त प्रतिनिधिहरुले आगामी नेतृत्व र कार्यदिसा बनाउने जिल्ला उपाध्यक्ष नविन सिटौलाले जानकारी दिए ।
अखिल क्रान्तिकारीकि केन्द्रिय अध्यक्ष पन्चा सिंहको प्रमुख आतिथ्यतामा हुन लागिरहेको उक्त सम्मेलनको आवस्यक सम्पुर्ण तयारी पुरा भएको जिल्ला अध्यक्ष रन्जन धमलाले बताए ।
जिल्ला भरिका पालिका, क्याम्पस तथा विद्यालयहरुका सम्मेलन सम्पन्न गरि जिल्ला सम्मेलन सम्पन्न गर्न लागेको र जिल्ला सम्मेलन पस्चात यहि भाद्र २४ र २५ गते विराटनगरमा प्रदेश सम्मेलन र असोज २-५ सम्म काठमाडौमा संगठनको २३ औं महाधिवेशन हुन लागेको जिल्ला उपाध्यक्ष सुरेन्द्र गिरिले जानकारी दिए
Discussion about this post