३१ असार २०८१ काठमडौ ।
केपि शर्मा ओलिको नेतृत्वमा बन्दै गरेको सरकारमा सहभागी हुन लागेको नेपाली कांग्रेसले सहभागी आफ्ना मन्त्रीका लागि १० जनाको नाम टुङ्ग्याएको छ ।
पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेसका १० मन्त्रीसहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो ।
नेता सिंह उपप्रधानसहित सहरी विकास, रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानुन र दीपक खड्का ऊर्जामन्त्री बन्ने छन् । यस्तै बाँकी पाँच जनाको मन्त्रालय अझै टुङ्गो लागिसकेको छैन ।
मन्त्रीमा भने रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरी, प्रदीप पौडेल, ऐनबहादुर शाहीको नाम टुङ्गिएको छ ।
यसले गण्डकी र लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने छैन । कांग्रेसको उच्च स्रोतका अनुसार १० जनाको नाममाथि सभापति शेरबहादुर देउवाले फाइन टच गर्ने सक्नेछ ।
गण्डकी र लुम्बिनीको प्रतिनिधित्व गराउन अन्तिममा एक-दुई जनाको नाम हेरफेर हुन सक्ने पनि देउवा स्रोतले दाबी गरेको छ ।
आज ११ बजे प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । साना दल बाहेक कांग्रेस र एमालेबाट मन्त्री बन्नेको शपथ आजै हुने जानकारी प्रधान मन्त्री कार्यलयले गरेको छ ।
Discussion about this post